सडक निर्माण भए संगै सडकको पेटीमा ब्यापार गर्नेहरु संकटमा

पछिल्लाे समाचार

अखिलेश कुमार यादव असार ०१ गते । बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा सडक निर्माण भए संगै सडकको पेटीमा ब्यापार गर्नेहरु चिन्तित बनेका छन् ।बर्षौ देखि सडकको पेटीमा व्यवसाय गर्दै आईरहेकाहरुले अब जीतपुरको अधुरो सडक निर्माण भए संगै आफ्नो व्यवसाय नै धरापमा पर्ने हो कि भनेर व्यवसायीहरु चिन्तित हुन् थालेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय देखि शान्ति टोल सम्मको सडकको छेउछाउमा बर्षौ देखि ठेला गाडी लगाएर व्यापार गर्दै आईरहेका अधिकांश ठेला व्यवसायीहरु सडक निर्माण भए संगै अब आफुहरुको घर परिवार कसरि चल्ने हो भनेर आफुहरु निकै नै चिन्तित बनेको एक जना ठेला ब्यापारीले एपिखबरलाई बताए ।

यता सडक मर्मत भए संगै जीतपुरसिमरा सडक खण्डको सडक अझै फराकिलो हुने पछि दुर्घटना न्यूनीकरणमा मदत पुग्ने जानकारहरु बताउछन भने सडकमा व्यवसाय गर्नेहरु आफुहरुलाई व्यवसाय गर्ने उपमहानगर लगाएत नगरउधोग बाणिज्य संघले व्यवस्थापन गर्नु पर्ने अडान राखेका छन् ।

सडकमा व्यवसाय गरेरै आफ्नो जीविकोपार्जन गर्ने ब्यापारीहरु जीतपुरमा सडक अधुरो सडक निर्माण गर्नु राम्रो हो तर हामि जस्तो सडकको छेउमा व्यवसाय गर्नेलाई सम्बन्धित निकायले समयमै व्यवसाय गर्न व्यवस्था न मिलाउन आग्रह समेत गरेका छन् ।समबन्धित निकायले समयमा व्यवस्थापन न गरेको खण्डमा सडक छेउमा व्यवसाय गर्ने जीतपुरका व्यवसायीहरुले सडकको छेउमै व्यवसाय गर्ने समेत एपीखबरलाई जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय