पछिल्लाे समाचार

०७ असार,बारा : बाराको प्रसौनी गाउँपालिकाको १३ औं गाउँ सभा तथा आ.व ८०/८१ को प्रथम गाउँसभा सम्पन्न भएको छ गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँ सभालाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालले आफु जनताका स्वास्थ सेवामा सहज पहुचका लागि अहोरात्र लागेको कुरा सम्पुर्ण जनताहरुमा जगजाहेर रहेको साथै गाउँपालिकाका बालबालिकाका लागि शिक्षामा सहज पहुच पुर्याउन सफल भएको बताएका छन । बिशेष गाउँ सभालाई सम्बोधन गर्दै ,अध्यक्ष जयवालले आफुले बोल्नु भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए ।

अध्यक्ष जयसवालले बिधिको शासनमा प्रसौनी गाउँपालिका नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै आफ्नो गाउँपालिकाको उप-प्रमुख सम्पुर्ण वडा अध्यक्ष तथा सदस्य लगायत सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।

गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत सुमित सिंहका अनुुसार गाउँसभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको छ। यस्ता गाउँपालिकाका लागि आवश्यक ऐन कानुन, नियम, नियमावली, कार्यविधि र निर्देशिका पारित भएको र अब राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने बाटो गाउँपालिकालाई खुलेको समेत उनले बताए ।

गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालको सभा अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष किरण देवी प्रमुख प्रशासकीय अधिकृत सुमित सिंह लगाएतले गाउँपालिकाको कार्य प्रगति बारे स्पष्ट पारेको थियो ।प्रसौनी गाउँपालिकाले आफ्नो १३ औं गाउँसभा बाट ४५ करोड ४५ लाख ७५ हजार बजेट पारित गरेको छ ।उक्त गाउँसभामा ७ वटै वडा अध्यक्ष,गाउँसभा सदस्य लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय