भारतमा बस दुर्घटना हुँदा २५ जनाकाे घटनास्थलमै मृत्यु

पछिल्लाे समाचार

१६ असार,एजेन्सी; भारतमा बस दुर्घटना हुँदा २५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । महाराष्ट्रको मुम्बई-नागपुर एक्सप्रेस सडकमा बस दुर्घटनामा परेकाे हाे । बसमा ३३ जना सवार थिए । स्थानीय प्रहरीले घटनाको पुष्टि गरेको समाचार संस्था एएनआइले लेखेको छ ।

२९ बीई १६१९ नम्बरको बस नागरपुरदेखि समृद्धि हाइवे हुँदै पुनेतिर जाँदै थियो । यस क्रममा बुलढाणको सिदखेड राजा भन्ने ठाउँनजिकै टायर पड्केर बस अनियन्त्रित भयो । यसपछि बस एक पोलमा ठोक्किएको थियो । ठक्करका कारण बसको डिजिटल ट्याङ्क फुट्यो र बसमा आगो लाग्यो ।

spot_imgspot_img
spot_img

लोकप्रिय