अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु

पछिल्लाे समाचार

१९ असार,एजेन्सी – अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु भएको छ । पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियास्थित फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । गोली लागेर चार जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारीलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आक्रमणकारीको पहिचान खुलाउन चाहेको छैन ।

घटनापछि प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय