जीतपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित १०० जना द्वारा रगत दान

पछिल्लाे समाचार

२३ असार।अखिलेश कुमार यादव।जीतपुर: शान्ति युवा बिकाश मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहयोगमा शनिवार भएको रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेको छ।जीतपुर स्थित शान्ती टोल खेल मैदानमा आयोजित कार्यक्रममा ५ जना महिला सहित १०० जनाले रगतदान गरेका हुन।

नेपाल रेडक्रस सोसाईटी वीरगन्ज र सिमरा उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेका बेला शान्ति युवा बिकाश मञ्च जीतपुरले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक प्रेमलाल साह सोनारले बताउनु भयो।

उक्त रक्तदान कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले गर्नु भएको थियो ।उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष गुप्ताले हाम्रो शरीर भित्र रहेको रगत हरेक ३ महिनामा आफै नष्ट हुने भएकोले रगत दान गर्दा धेरैको ज्यान जोगिने भएकोले रगत दान गर्न उहाँले जीतपुरसिमरा बासी संग आग्रह गर्नु भएको थियो ।त्यस्तै उहाँले आउदो दिनमा पनि यश वडामा रगतदान कार्यक्रमको आयोजना गरिने बताउनु भयो।

कार्यक्रममा रगत दान गर्नेहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्ष सुनिल कुमार गुप्ता,शान्ति युवा बिकाश मञ्च जीतपुरका अध्यक्ष बिबेक सोनार, मानव अधिकार एलायन्स बाराका अध्यक्ष अनिल तिवारी लगायतले प्रमान पत्र प्रदान गरेको थियो।उक्त रगतदान कार्यक्रममा वडा न ७ को वडा सदस्य नवीन मैनाली, शान्ती युवा बिकाश मञ्चका सदस्यहरु लगाएत स्थानियहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय