बाराको पचरौता नगरपालिकाले मंगलबार देखि सम्पूर्ण सेवा बन्द गर्ने

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। असार २५ गते । बारा :बाराको पचरौता नगरपालिकाले मंगलबार देखि नगरपालिका बाट प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गर्ने भएको छ ।असार १० गते नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई धाक धम्कि दिई गालि गलौज गर्नुको साथै हातपात गरेको र कम्प्युटर र प्रिन्टर तोडफोड गरेकालाई प्रहरीले कारवाही नगरेको भन्दै पचरौता नगरपालिकाले बिज्ञप्ति निकालेर सम्पूर्ण सेवा बन्द हुने बारे जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले नगरपालिकाको कर्मचारीलाई गालि गलौज गर्नुको साथै हातपात गरेको व्यक्तिहरुलाई कारवाही गर्नुको सट्टा उल्टै प्रहरी पठाएर कर्मचारीहरुलाई धाक धम्कि दिने गरेको कारण नगरपालिकाले मंगलबार देखि सम्पूर्ण सेवा बन्द गर्ने नगरप्रमुख जलन्धर सिंहले बताए ।

पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्राले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा जिल्ला प्रहरी कार्यालय बारामा असार १२ गते जाहेरी दिएकोमा उक्त जाहेरी माथि अहिले सम्म कुनै किसिमको कारवाही नगरी उल्टै पचरौता नगरपालिकामा कार्यरत कर्मचारी माथि झुठो अभियोग लगाई जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीको निर्देशनमा नेपाल प्रहरीका पोशाकधारी र बिना पोशाकका हतियार सहित ६/७ जना प्रहरी कार्यालय भित्र आएर काम गरिरहेका कर्मचारीहरुलाई अनावश्यक रुपमा सोधपुछ गरेर धाक धम्कि दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनामा संगलंगन व्यक्तिहरुलाई कारवाही न भए सम्म पचरौता नगरपालिका अन्तर्गतका वडा कार्यालय ,स्वास्थ्य चौकी,नगर असपताल लगाएत सम्पूर्ण सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बाराले बिज्ञप्ति मार्फत पचरौता नगरपालिकाले जानकारी गराएको छ ।असार १० गते पचरौता नगरपालिकाले चोर बाटो अपनाएर नगरसभा गरेको भन्दै केहि जनप्रतिनिधिले कार्यालयमा आएर तोडफोड गरेको थियो ।नगरपालिकाले बन्द गर्ने सेवाको कारण सेवाग्राही मार्कामा पर्ने भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय