रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ

पछिल्लाे समाचार

१० साउन,भैरहवा – रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् ।सैनामैना नगरपालिका– १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सालझण्डी बजारबाट पक्राउ परेका उनीहरुको साथबाट २ हजार ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक ईश्वरबहादुर थापाले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय