सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु

पछिल्लाे समाचार

१० साउन,एजेन्सी– सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको छ ।खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा सर्वसाधारणको घरमा गोलाबारी भएको र कम्तीमा १६ जना नागरिकले ज्यान गुमाएका नेइवरहुड समूहलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो ।सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय