अनिश्चितकालीन रौतहट बन्द स्थगित

पछिल्लाे समाचार

१५ साउन,रौतहट: गौर हत्याकाण्ड पीडिति संघर्ष समितिले आजदेखि घोषणा गरेको अनिश्चितकालीन रौतहट बन्द स्थगित गरेको छ ।आइतबार साझ एक बिज्ञप्ती जारी गदै अनिश्चितकालीन रौतहट बन्द हालको लागि स्थगित गरिएको जानकारी गराएको हो ।

संघर्ष समितिकी संयोजक रुप सागर देबी उपाध्यायद्धारा हस्ताक्षरित बिज्ञप्तीमा हिजो सत्ताको बलमा अपराधीलाई जोगाउदै आएका राजनैतिक पार्टीहरू आज सडकमा मुठभेड़ खडा गर्न उत्सुक रहेको र खुलेआम अर्को गौर हत्याकाण्ड दोहराउने धम्की दिइरहेको जनाइएको छ । बिज्ञप्तीमा अहिलेको २१ औं शताब्दीको कानुनी शासनको युगमा संरक्षणको जिम्मा लिएका सत्ताधारी पार्टीहरूले भय आतंकको अवस्था निर्माण गर्नु दुःखद छ यस्तो जंगलीराजको हामी भत्र्सना गर्दछौ साथै संघर्षलाई अझ दृढतापूर्वक अगाडी बढाउने संकल्प गर्दछौ भनिएको छ ।

१७ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।

घटनाको मुख्य अभियुक्त तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर, हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय