नारायणी नदीमा हामफालेकी एक महिलाको मृत्यु

पछिल्लाे समाचार

१८ साउन,चितवन। नारायणी नदीमा हामफालेकी एक महिलाको मृत्यु भएको छ परिचय नखुलेको अन्दाजी ४५ बर्षीय महिलाको आज बिहान ७ बजेर ४० मिनेटको समयमा उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित एक महिला नदीमा हामफालेको खबर पाउने बित्तिकै नारायणगढबाट खटिएको वडा प्रहरी र विपद समेतको टोलीले ती महिलालाई उद्धार गरेको हो ।

अचेत अवस्थाकी उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान ८ बजेर ३६ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय