सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण 

पछिल्लाे समाचार

२१ साउन । अखिलेश कुमार यादव । बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ ।महिलाहरुलाई सीप प्रदान गरेर आयआर्जनमा लगाउने उदेश्यले सिलाई कटाई तालिमको आयोजना गरिएको र त्यसलाई बढवा दिन मेसिन प्रदान गरिएको वडा अध्यक्ष तारा बहादुर कार्किले बताए । उनले वडाले सिपमुलक तालिमहरु सञ्चालन गरिरहेको र आगामी वर्षहरुमा पनि आबश्यकता अनुसार तालिम चलाइने वताए ।

३ नं वडाको कार्यालयमा शनिवार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष तारा बहादुर कार्किले सिलाई कटाई तालिममा सहभागी भएका २१ जना महिलालाई सिलाई मेशिन हस्तान्तरण गर्नुभएको हो ।श्रावन १४ गते समापन्न भएको सिलाई कटाई तालिममा वडा न३ ले एक महिना अझै निरन्तरता दिएको थियो।महिला सरोकार मञ्च जीतपुरको आयोजनामा उक्त तालिम संचालन भएको संस्थाकि अध्यक्ष देवि कुमारी सापकोटाले बताईन।

उक्त अवसरमा आफ्ना भनाईहरू रख्दै वडा अध्यक्ष कार्किले सिलाई मेसिन मार्फत आफ्नो आय बढाउन मेसिन प्राप्त गर्नेहरुलाई आग्रह गर्नुभयो । कार्किपे सिप भएर पनि मेसिनको अभावमा बस्नु परेका दिदिबहिनीहरुको आर्थिक विकासमा यसले थोरै भएपनि टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै वडाध्यक्ष कार्किले सिपले मानिसलाई आत्मनिर्भर बनाउने हुँदा जीवनोपार्जनका लागि सिलाई मेसिन हस्तान्तरण गरेको बताए । उनका अनुसार वडाभित्रका नागरिकका हातमा सिप भयो भने नै क्षमता विकाससँगै आम्दानीको स्रोत बढ्छ । स्थानीय नागरिकसँग हामीले गरेको वाचालाई पूरा गर्न कार्किले यो अभियान चलाएको जनाए ।वडाले यो शिर्षकमा प्रत्येक वर्ष वजेट बिनियोजन गर्ने गरेको र यसवर्ष कुल ४ लाख ५० हजार बजेट बिनियोजन गरेर २ महिना सम्म सिलाई कटाई तालिम वडामा संचालन गरेको समेत उहाँले बताउनु भयो। मेसिन उपलब्ध गराएसंगै महिलालाई सीपमुलक काम गर्न सहज हुने तालिममा सहभागी विश्वास ब्यक्त गरिन् । महिलाहरुलाई उद्यमीबन्नका लागि प्रेरणा मिलोस् भनेर यस्ता कार्यक्रमहरुको वडा न ३ ले आयोजना गर्दिएकोमा वडालाई तालिममा सहभागी महिलाहरुले धन्यवाद ज्ञापन गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडाअध्यक्ष तारा बहादुर कार्किको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा न ३ का वडा सदस्य चिम बहादुर पाखृन, माया बिक, वडा सचिव अनिल बिक, स्थानिय नेता सुशील दोधारी ,नेकपा एमालेका वडा ३ का अध्यक्ष शुक्र बहादुर श्रेष्ठ , सचिव निर्जल घिमिरे, स्थानिय दिपक तामाङ ,पिन्के पाखृन, पशुराम पोखरेल, मनोज खडका , छेसाङ लामा,लगाएतको सहभागी भएको थियो।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय