नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

पछिल्लाे समाचार

२३ साउन , चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ।

पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए। पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्। यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय