बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद

पछिल्लाे समाचार

२५ साउन, बागलुङ– बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । भरुवा बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय