फोहोर विसर्जनका लागि जीतपुरसिमरा उपमहानगर र वीरगञ्ज महानगर बिच सम्झौता

पछिल्लाे समाचार

०५ भदौं ,अखिलेश कुमार यादव । बारा :  बाराको जीतपुरसिमरा उपमहानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिका बिच फोहोर विसर्जन गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगञ्ज महानगरपालिकाको ल्यान्ड फिल साईटमा फोहोर विसर्जन गर्न सकिने छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयमा गरिएको सम्झौतामा जीतपुरसिमरा उपमहानगरपालिकाको तर्फ बाट नगरप्रमुख राजन पौडेल र वीरगञ्ज महानगरपालिकाको तर्फ बाट नगरप्रमुख राजेशमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता संगै अब जीतपुरसिमरा उपमहानगर भित्र बाट उथने फोहोर वीरगञ्ज महानगरपालिका संग रहेको ल्यान्ड फिल साईटमा फोहोर फालिने भएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा २६ को खण्ड (घ) को कानुनी ब्यवस्था बमोजिम फोहोरमैला विसर्जन स्थल वा प्रशोधन प्रणालीको बिकास र संचालन गर्ने गरि आपसी ,समन्वय , सहकार्य र साझेदारी मार्फत वीरगञ्ज महानगरपालिका मातहतमा रहेको ल्यान्ड फिल साईटमा जीतपुरसिमरा उपमहानगरपालिका बाट उत्सर्जन हुने फोहोरमैला विसर्जन गर्न प्रयोग गर्ने गरि जीतपुरसिमरा उपमहानगरपालिका बारा र वीरगञ्ज महानगरपालिका पर्सा बिच सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले जीतपुरसिमरा उपमहानगरपालिकालाई २०८१ असार सम्म ल्यान्ड फिल साईट प्रयोग गर्न दिनेछ र दुबै पालिकाको आपसी सम्झदारी अनुसार नविकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ । जीतपुरसिमरा उपमहानगरले आ.व .२०८०/०८१ को लागि प्रती मेट्रीक टन फोहर ल्यान्ड फिल साईटमा विसर्जन गरे बापत एक हजार छ सय पचास रुपैयाँ मुल्य अभिवृद्धि कर बाहेक वीरगञ्ज महानगरपालिकाको राजस्व खातामा मासिक रुपमा दाखिला गर्नु पर्ने  सम्झौता पत्रमा उल्लेख गरिएको छ । ल्यान्ड फिल साईटमा फोहोर विसर्जन गर्ने सम्झौता भए सगै जीतपुरसिमरा उपमहानगरको फोहोर ब्यवस्थापनको समस्या हल हुने होकि भनेर जनतामा आशा पलाएको छ।

यस्तो छ सम्झौता पत्र

spot_imgspot_img
spot_img

लोकप्रिय