पछिल्लाे समाचार

१६ भदौं,काठमाडौँ– नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुँदैछ ।प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्ने तयारी रहेको छ ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डाबाट अध्यक्ष दाहालले सम्बोधनसहित अभियानको थालनी गर्ने दाहालको सचिवालयले जनाएको छ ।पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय