दाङ्गमा रहेको गणपति तेल मिलमा आगलागी,दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति

पछिल्लाे समाचार

१६ भदौं,दाङ – तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ ।हिमाल बस्नेतले सञ्चालन गरेकाे तेल मिलमा भएकाे आगलागीबाट झन्डै दुई कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आज बिहान लागेकाे आगाे स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा निभाइएकाे छ ।क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन । तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय