जीतपुरसिमरामा अझैं भएन फोहोर व्यवस्थापन,नगरपालिका जाने बाटोमै थुपारेर फोहोर राखिदैं

पछिल्लाे समाचार

१८ भदौं,अखिलेश कुमार यादव । बारा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोर ब्यवस्थापन गर्नको लागि बिरगंज महानगरपालिका सम्झौता गरेको भए तापनी जीतपुरसिमरा उपमहानगर भित्र अझै फोहोर ब्यवस्थापन हुन सकेको छैन।

फोहोर ब्यवस्थापनको सम्झौता भए संगै जीतपुरसिमराको फोहोर ब्यवस्थापन हुने जनतामा आश पलाएको थियो तर अझै फोहोर ब्यवस्थापन हुन न सक्दा जीतपुरसिमरा उपमहानगरको जनताको फोहोर को समस्या अझै समाधान हुन सकेको छैन।जीतपुरसिमरा उपमहानगरपालिकाले बिरगंज महानगरपालिका संग फोहोर ब्यवस्थापनको लागि १ टन फोहोर बापत भ्याट बाहेक १६५० रुपैयाँ जीतपुरसिमरा उपमहानगरले बिरगंज महानगरपालिकालाई तिर्नु पर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकामा फोहोर ब्यवस्थापनले बिक्राल रुप लिन थालेपछी उपमहानगरले तत्काल फोहोर ब्यवस्थापनको समस्या समाधान गर्ने लक्ष्यको साथ जीतपुरसिमरा उपमहानगरले बिरगंज महानगरपालिका संग सम्झौता गर्यो तर सम्झौता अहिले मात्र एउटा कागजको पनामा सिमित भएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जाने बाटोमै फोहोर फालेको पाईएको छ ।उपमहानगरको कार्यालय जाने बाटो बाट दैनिक कर्मचारीहरु ओहोरदोहोर गरे पनि त्यस सडकको फोहोर ब्यवस्थापन तिर उपमहानगरको ध्यान जान सकेको छैन।

जीतपुरसिमरा उपमहानगरपालिका बाट दैनिक ४ देखि ६ टन सम्म फोहोर निस्किने गरेको छ।दैनिक ४ देखि ६ टन सम्म निस्किने फोहोर बापत जीतपुरसिमरा उपमहानगरले करिब ४० लाख रकम बार्षिक रुपमा बिरगंज महानगरपालिकालाई तिर्नु पर्ने हुन्छ।यता जीतपुरसिमरा उपमहानगरपालिकाले हालैमा गरेको फोहोर ब्यवस्थापनको सम्झौता जीतपुरसिमराका कति पय बासिन्दाले बिरोध गरेका छन भने कति पयले उपमहानगरको प्रशान्सा समेत गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय