ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

पछिल्लाे समाचार

३१ भदौं, रियो दि जेनेरियो– ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा शनिबार विमान दुर्घटना भएको हो ।

अमेजोनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जालमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ। हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ।’ यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय