सर्लाहीको मलंगवामा २ समुदाय बीच झडप,अनिश्चितकालीन कर्फ्युको आदेश जारी

पछिल्लाे समाचार

०५ असोज, सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा क्षेत्रमा बिहीबार राती १० बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।बिहीबार राति मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा अशान्ति मच्चिएपछि प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

पुरानो मलंवाङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी अर्को आदेश वा व्यवस्था नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय