बिहिवार देखि सुरु भएको जितिया पर्व आज सकिँदै

पछिल्लाे समाचार

२० असोज, मधेश – हिन्दु पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज पूरा हुँदैछ ।ज्योतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरुले व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् ।उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युरासँग माछा र मरुवा अनिवार्य खाने चलन छ ।

शुक्रबार बिहान ४ बजेबाट निराहार बसी शनिबार बिहान १० बजेपछि नवमी तिथि प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालु महिला गीता देवी झाले बताइन् ।
थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ति जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय