सुवर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्षको बिचमा विवाद उत्पन्न,गाउँपालिका लथालिङ्ग बन्दै

पछिल्लाे समाचार

०४ कार्तिक अनिल पाण्डे,बारा : बाराको सुवर्ण गाउँपालिकामा गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव र गाउँपालिका उपाध्यक्ष पुनम देबि बिच बिवाद उत्पन्न भएको छ। दुबै जनाको विवादको उपाध्यक्ष पुनम देबिको नेतृत्वमा केहि दिन पहिला पनि प्रमुख प्रशासकीय अधिकृत सँग गाउँपालिका को निर्णयहरु पारदर्शी गर्न सुचना नै माग गरेको जानकारी सर्वविदितै छ।

उक्त सुचना माग गरेको खण्डमा गाउँपालिका अध्यक्ष यादवले शुक्रबार कार्यपालिका बैठक बसि छलफल गर्ने निणर्य गरेको जानकारी कार्यपालिका सदस्य एवम् वडा नं ७ का वडा अध्यक्ष जितेन्द्र यादवले बताएका छन्। साथै गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले सम्पुर्ण कार्यपालिका सदस्यहरुहरुलाई मोबाईलमा म्यासेज गरी शुक्रबार दिउँसो २ बजे बैठक बस्ने जानकारी गराएका थिए।

उक्त जानकारीको अधारमा आज शुक्रबार हामि गाउँपालिका उपाध्यक्ष पुनम देबि सहित ९ जना कार्यपालिका सदस्यहरु उपस्थित भएपनि गाउँपालिका अध्यक्ष नै बैठकमा नआएको कारण पत्रकार सम्मेलन गर्नु परेको जानकारी समेत वडा अध्यक्ष यादवले दिएका छन्।पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष पुनम देबिको निर्देशनमा वडा अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष यादवले हामिलाई गुमराहमा पारी नगरसभा भएपछि एक पटक मात्र कार्यपालिका बैठक आव्हान गरी बिगत तिन महिना देखि बैठक नबोलाएको आरोप लगाएका छन्। साथै गाउँपालिका अध्यक्ष यादव आज शुक्रबारको बैठक आव्हान गरी आफै मोवाईल अफ गरी बसेको समेत बताएका छन्।

गाउँपालिका उपाध्यक्ष पुनम देबिले कार्यपालिका बैठकमा हामि ९ जना कार्यपालिका सदस्यहरु सँयुक्त रुपमा १६ बुन्दे प्रस्ताव लिएर आएपनि गाउँपालिका अध्यक्ष यादवको यो रवैयाले पर्वको बेला हामिलाई दु:ख दिने मात्र काम गरेको बताएकी छिन्। साथै राजश्व परामर्श समितिको सँयोजक आफु भएकोले गाउँपालिका अध्यक्ष यादवले मेरो अध्यक्षतामा बैठक नबसाई सदस्यहरुको मात्र बैठक गर्ने गरेको आरोप लगाएकी छिन।यता गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवसँग फोन सम्पर्क गर्दा राजश्व परामर्श समितिको सँयोजक उपाध्यक्ष रहेको तर कुनै पनि बैठकमा उपाध्यक्ष नआई उहाँको श्रीमान् सतेन्द्र यादव आउने गरेको बताएका छन्। उपाध्यक्षको श्रीमान यादवको सहमतिमा नै सबै निर्णय हुने गरेको तर उपस्थितमा पछि उपाध्यक्ष पुनम देबिले गरीदिने भनेको कुरा बताएका छन्। साथै शुक्रबारको कार्यपालिका बैठकको पत्र उपाध्यक्ष सहित अधिकांश कार्यपालिका सदस्यहरु नबुझेको कारणले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराई सबै कार्यपालिका सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी गराईसकेको समेत गाउँपालिका अध्यक्ष यादवले बताएका छन्।

उपाध्यक्षको सहमति नै गाउँसभा गरीएको जानकारी गराउदै उपाध्यक्ष पुनम देबि समेत नै गाउँसभामा उपस्थित रहेको सर्वविदितै छ। साथै जनप्रतिनिधि बिच बिबाद रहेको कारण नै पर्वको बेला कार्यपालिका बैठकमा कुनै किसिमको बिवाद नहोस भनि बैठक स्थगित गरेको जानकारी दिएका छन्। साथै मेरो मोबाईल अफ नरहेको बताउदै सम्बन्धित निकायसँग बुझ्न आग्रह गरेका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय