मधेस प्रदेशकै पहिलो सुविधा सम्पन्न मल वीरगञ्जमा सञ्चालन

पछिल्लाे समाचार

२४ कार्तिक, वीरगञ्ज । मधेस प्रदेशकै पहिलो सुविधा सम्पन्न मल वीरगञ्जमा सञ्चालनमा आएको छ । वीरगञ्जको आदर्शनगरमा ‘स्काइलाइन’ नामले बहुउद्देश्यीय मल सञ्चालनमा ल्याएको हो ।वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ । मलले नेपालकै सर्वोत्कृष्ट क्यूएफएक्ससँगको सहकार्यमा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको छ ।

मलमा भारतमा चार सयभन्दा पनि बढी ठाउँमा स्थापित प्रख्यात होटेल चेन सरोभर पोर्टीको पनि सञ्चालनमा आउन् लागेको छ । आफ्नो आतिथ्य र स्वादिष्ट खाने परिकाका लागि चर्चित सरोभ्र पोर्टी होटेलले वीरगञ्ज र आसपासका वासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकहरूको विश्वास छ ।काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्यूएफएक्सले वीरगञ्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।

बिहीबारदेखि मलमा रहेको क्यूएफएक्स सिनेमा हल भने सञ्चालनमा आएको हो । शाहरुख खान, दीपिका पादुकोण, नयनतारा र विजय सेतुपतिलगायत बहुचर्चित कलाकारहरूले अभियान गरेको जवान फिल्म देखाएर शुरुआत भएको हलमा तीन ओटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकै पटक तीन ओटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडिटोरियममा रिक्लाइनर सिट पनि छ ।

मल सञ्चालनमा आएसँगै कोभिडका कारण सुस्ताएको वीरगञ्ज बजारमा आर्थिक गतिविधि चलायमान हुने सञ्चालकहरूले विश्वास लिएका छन् । आर्थिक नगरी वीरगञ्जमा अन्य सम्पूर्ण सुविधा रहे पनि मल नहुँदा यहाँका बासिन्दाले खल्लो महसुस गर्ने गरेकोले उनीहरूकै माग अनुसार मल सञ्चालनमा ल्याइएको सञ्चालक बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय