शुभ दिपावली छठ पर्व एवं नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान

पछिल्लाे समाचार

२९ कार्तिक, बारा : नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगरपालिका वडा न १४ कमिटिले शुभ दिपावली, नयाँ नेपाल संवत ११४४ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उनले जीतपुरसिमराको बिकाशका लागि सबैले हातेमालो गर्नु पर्ने आवश्यकता रहेको बताए ।उनले जीतपुरसिमरा उपमहानगरलाई समृद्ध उपमहानगर बनाउने उदेश्यका साथ् नै आफु बिकाशको कार्यमा लागि परेको बताए । त्यस्तै नगरप्रमुख पौडेलले आउदैं गरेको छठ पर्वको सबैमा शुभकामना व्यक्त गर्नु भयो ।

नेकपा माओवादी केन्द्र वडा न १४ को कमिटि अध्यक्ष टंक प्रसाद आचार्यको अध्यक्षतामा शुभ दिपावली छठ पर्व एवं नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा सबैलाई स्वागत गर्दै वडा कमिटि अध्यक्ष टंक प्रसाद अचार्याले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो ।उक्त शुभकामना आदान प्रदान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा न १४ का वडा अध्यक्ष चयन गुरुङ्ग, नेकपा मावोवादी केन्द्रका नगर कमिटि अध्यक्ष प्रेम बराल लगाएत माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय