धनुषामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु , अन्य एक जना घाइते

पछिल्लाे समाचार

मङ्सिर २९ गते । धनुषा – धनुषामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल ल्याइएको छ ।आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय