जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ को वडा कार्यालय भवनको शिलान्याश

पछिल्लाे समाचार

०४ पौष ,बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ रमौलि लोह्सण्डाको वडा कार्यालय भवनको मंगलबार शिलान्याश गरिएको छ । भवनको मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारिले शिलान्याश गरेका हुन् ।


भवनको शिलन्याशपछि बोल्दै नगरउपप्रमुख अधिकारीले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागिता बढ्दै गएकाले त्यसलाई साकार पार्न उपमहानगरपालिका लागिपरेको बताए । नगरमा पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको बताउँदै अधिकारीले जनताको मागका आधारमा योजना बनाएर उपमहानगरपालिका अघि बढिरहेको बताए ।

पक्की भवन निर्माणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले करिब ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा न ८ का वडा अध्यक्ष शिवशंकर प्रसाद महतोले बताए। उक्त वडा कार्यालय भवन शिलान्याशमा वडा सदस्य गङ्गा पटेल,वडा सदस्य,वडाका कर्मचारी लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय