रौतहटमा आँखा शिविरबाट ६ सय भन्दा बढी लाभान्वित

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट।माघ २८ । कतार च्यारेटीको सहयोग र ग्रामिण बिकाश केन्द्र नेपालको आयोजना आयोजित आँखा शिविरबाट ६५० जना भन्दा धेरै स्थानीयहरू लाभान्वित भएको छ । रौतहट जिल्लाका बिभिन्न १३ स्थानमा आयोजित निःशुल्का आँखा शिविरहरुबाट पहिचान गरिएका ६५० भन्दा बढी मोतियाबिन्दुका विरामीहरुको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको छ ।
ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा आयोजित सो आखा शिविरहरु बिभिन्न ४ ओटा पालिकामा आयोजना गरिएको थियो ।

सो निःशुल्का आँखा परिक्षण शिविरमा २ हजार भन्दा बढी विरामीहरुले सेवा लिएका थिए l आँखा परिक्षण गराएका २ हजार विरामीहरु मध्येबाट ६५४ जना विरामीहरुको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । कतार च्यारिटीको सहयोग तथा ग्रामिण विकास केन्द्रको आयोजना यमुनामाई, गौर, राजपुर तथा ईशनाथ नगरपालिकाको बिभिन्न १३ स्थानमा सो शिविरहरु आयोजना गरिएको थियो l सो शिविरहरुको आयोजनामा स्थानीय पालिकाहरुको समेत समन्वय रहेको थियो ।


आँखा शिविरमा विरामीहरुको आँखा जाँच गरि शिविर स्थलमै औषधि वितरण गरिएको थियो भने जाँचको क्रममा फेलापरेका मोतियाबिन्दुका विरामीहरुलाई सदरमुकाम गौर स्थित रहेको त्रिनेत्र आँखा अस्पतालमा लगेर निःशुल्क शल्यक्रिया गरिएको थियो ।
कोहि पनि नागरिक पहँुच र आर्थिक अभावमा दृष्टिविहिन भएर बस्न नपरोस भन्ने उद्देश्यले शल्यक्रिया शिविरहरु संचालन गरिएको थियो ।आँखाको शल्यक्रिया गराएर बिरामीहरु पहिलेको भन्दा अहिलेको हेराइमा धेरै सहज महसुस भएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय