बडे मियाँ छोटे मियाँ’ नेपालमा किन रिलिज भएन ?

पछिल्लाे समाचार

०३ बैशाख, काठमाडौं-नेपाली सिनेमाले बक्सअफिसमा कब्जा जमाएपछि प्रचारका बाबजुद नेपाली हलमा अक्षयकुमार तथा टाइगर श्राफ स्टारर ‘बडे मियाँ छोटे मियाँ’ नेपालमा रिलिज भएन। ३ सय ५० करोड भारुमा तयार पारिएको भनिएको सिनेमाले वक्सअफिसमा आशातीत कमाइ गर्न भने सकेको छैन।

रिलिजका तीन दिनमा सय करोड पार गर्ने र सो आक्रामक कमाइ जारी राख्ने बताइएको भएपनि सिनेमाले सोचेजस्तो सुरुवाती व्यापार गर्न सकेन। सिनेमाले रिलिजको पहिलो दिन १५.६५ करोड भारुको कमाइ गरेको थियो भने दोश्रो दिन ७.६ करोड भारु कमाएको थियो। यस्तै तेश्रो दिन पुग्दा सिनेमाले ८.५ करोड भारु कमाउन सक्यो। सिनेमाले भारतमा हालसम्म ३१.७५ करोड भारु कमाइ गरेको छ भने विश्वव्यापी कमाइ ५५ करोड पुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय