लागुऔषध गाँजासहित श्रीमान र श्रीमती पक्राउ

पछिल्लाे समाचार

१५ बैशाख, रौतहट – रौतहट बाट लागुऔषध गाँजा सहित श्रीमान र श्रीमती पक्राउ परेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१ बजार टोल बस्ने अनन्त बराइली र उनको श्रीमती मन्जु बराइली रहेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरीले बिशेष सूचनाको आधारमा कटहरिया नगरपालिका–२ छेदिचौक बाट प्र.२–०३–००१ह ३१५ नम्बरको अटोलाई चेकजाँच गरेको थियो ।

अटो बाट प्रहरीले १० केजी ५ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।गाँजा फेला परेपछि चालक बराईली र अटोमा सवार उनकी श्रीमती मन्जुलाई पक्राउ गरि थप अनुसन्धान भइरहको रौतहट प्रहरीले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय