पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया

पछिल्लाे समाचार

२१ बैशाख,बारा : बारा जिल्लाको निजगढमा पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।निजगढ नगरपालिकाको सभाहलमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौँको सहयोग तथा हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नारायणी अस्पताल बिरगंजका प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. मन्जु रायले पाठेघर खस्ने समस्या सम्बन्धि जानकारी गराउनु भएको थियो । सरकारले तोकिएका अस्पतालमा निःशुल्क पाठेघर परीक्षण र उपचारको व्यवस्था मिलाएको छ । उपचार विधि त्यति जटिल पनि छैन । तर यो समस्याबारे अझै कति महिलाहरू परिवारभित्रै खुल्न सकिरहेका छैनन् । कारण, पाठेघर खस्नुलाई अझै लाजको विषय मानिन्छ, अझ कति परिवारमा त पुरुष सदस्यलाई यस्तो विषय थाहै दिनु हुन्न भन्ने धारणा पनि छ । कति पुरुष सदस्यहरू आफैं यसबारे सचेत छैनन्, या उनीहरू पाठेघरको समस्यालाई उपेक्षा गर्छन् । यही कारण कैयौं महिला व्यथा बोकेरै बाँच्न विवश भएकोले पाठेघर खस्ने समस्या बढ्दै गएको डा. मन्जु रायले बताए ।

ग्रामीण भेगमा धेरै सन्तान जन्माउँदा, कम अवधिमै अर्को बच्चा पाउँदा, असुरक्षित तवरले सुत्केरी हुँदा र सुत्केरी अवस्थामा आराम नपाउँदा पनि पाठेघर खस्ने समस्या उत्तिकै छ । यसरी अस्वाभाविक तरिकाले पाठेघर खस्ने समस्या कम गर्न जनचेतनाको टड्कारो खाँचो छ । ग्रामीण तथा दुर्गम भेगमा धेरैलाई पाठेघर खस्नु के हो, खसे कसलाई भन्ने र कहाँ जानेजस्ता विषयमा अझै जानकारी छैन यो अवस्थामा सुधार ल्याउनको लागि प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. मन्जु रायले पत्रकारहरुलाई खुलेर संचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो ।

निजगढ नगरपालिकामा संचालनमा रहेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रम बारे निजगढ नगरपालिकाले घर घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने गरेको र हालसम्म यस कार्यक्रम मार्फत १८५३ जनाले स्वास्थ्य सेवा पाएको निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले जानकारी गराउनु भयो ।त्यसति उहाँले निजगढ नगरपालिका भित्र पाठेघर खस्ने समस्या देखा परेमा लाज नमानेर चिकित्सक र घर परिवारमा जानकारी गराउनको लागि आग्रह गर्नुभयो ।पाठेघर खस्ने सम्बन्धि जनचेतना फैलाउनको लागि पत्रकारहरुलाई समाचार सम्प्रेषण गर्न समेत उहाँले आग्रह गर्नु भयो ।

महिला स्वास्थ्य सम्बन्धि सबैधानिक तथा कानुनि व्यवस्थाहरु बारे मकवानपुर जिल्ला सरकारी वकिल कार्यालयको सहायक जिल्ला न्याधिवता बिष्णु कुमारी चौधरीले प्रकाश पार्नु भएको थियो ।पाठेघर खस्ने सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोममाया थिङ्ग,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला,उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रमको संयोजक रामप्यारी तिमल्सिना लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय