६ लेनकै सडकमा खल्डाखुल्डी, दुर्घटनाको जोखिम बढयो

पछिल्लाे समाचार

 अखिलेश कुमार यादव ।३० बैशाख , बारा : बिरगंज पथलैया ६ लेन सडकमा खल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुर स्थित केराढोकाको अगाडी ६ लेन सडकमा खल्डाखुल्डी हुँदा अहिले दुर्घटनाको जोखिम बढेको छ । ६ लेन सडकमा खल्डाखुल्डी हुँदा समेत अहिले सम्बन्धि निकायको ध्यानाकर्षण हुन सकेको छैन।

६ लेन सडकमै भएको खल्डाखुल्डी,

राजमार्ग भनेको तोकिएको गतिमा गाडी गुड्ने मार्ग हो ।राजमार्गमा गाडी तिब्र गतिमा चल्ने गरेको कारण खल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको स्थानियहरुले बताएको छ ।खल्डाखुल्डी भएकै बाटो भएर जीतपुरसिमरा उपमहानगरको जनप्रतिनिधि देखि लिएर मन्त्रीहरु समेत हिड्ने गरेको तर अहिले सम्म खल्डाखुल्डी भएको बाटोमा कसैको ध्यानाकर्षण हुन नसक्नु दु:खद रहेको जीतपुरका स्थानिय जितेन्द्र सराफले बताए ।उनले भने बिरगंज पथलैया ६ लेन सडक खण्डमा गाडीहरु तिब्र गतिमा गुडने गर्छ ,तिब्र गतिमा गाडी गुड्ने भएकोले खल्डाखुल्डीमा मोटरसाइकल बढी दुर्घटना हुने जोखिममा रहेको बताए ।

केराढोका अगाडी रहेको ६ लेन सडकमा करिब ५ औं ठाउँमा खल्डाखुल्डी रहेको छ ।६ लेन सडक बनेको ४ बर्षमा पटक पटक सडक डिभिजन कार्यालयले मर्मत गर्ने गरेको छ।पटक पटक बजेट ठप्प गरेर सडक डिभिजन कार्यालयले सडक मर्मत गरे पनि सडक खल्डाखुल्डी हुने क्रम अझै रोकिएको छैन।सडक डिभिजन कार्यालयको चरम लापरवाहीको कारण र ठेकेदार कम्पनीमो कमसल समाग्री प्रयोगको कारण अहिले बारा जिल्लाको कतिपय सडक १ बर्ष नबित्दै ग्राभेलमा परिणत हुने गरेको छ ।

६ लेन सडकमा भएको खल्डाखुल्डी समयमै मर्मत गर्नु आवश्यक रहेको छ ।करिब २ महिना देखि रहेको सडकमा भएको खल्डाखुल्डीमा सम्बन्धि निकायको ध्यानाकर्षण हुन सकेको छैन जसको असर सडक बाट आवतजावत गर्नेहरु माथी परेको छ।यता स्थानियहरुले समयमै ६ लेन सडकमा भएको खल्डाखुल्डी मर्मतको लागि सम्बन्धि निकायलाई पहल गर्दिनको लागि आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय