वडाध्यक्ष गुप्ताको सराहनीय कार्य: कार्यकाल सम्म नि: शुल्क कम्प्युटर कक्षा संचालन गरिने 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ०२ जेठ बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा कम्प्युटर हस्तान्तरण एवं कम्प्युटर कक्षा संचालन कार्यक्रमको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको बिच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा नि:शुल्क कम्प्युटर कक्षा संचालनको उद्घाटन गर्नुभएको छ  । जेठ २ गते बाट सुरु भएको नि:शुल्क कम्प्युटर कक्षा संचालन वडाध्यक्ष सुनिल कुमार गुप्ताको कार्यकाल सम्म चल्ने छ।

मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले आफ्नो मन्तव्य राख्न हुँदै

जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार गुप्ताको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी रहनु भएको थियो ।नि:शुल्क कम्प्युटर कक्षा संचालनको उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले आजको एक्काईसौं शताब्दीमा विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्ने सचेत र सशक्त नागरिक उत्पादन गर्न सूचना र प्रविधिमा आधारित कम्प्युटर शिक्षा प्रदान गर्न नीति तथा रणनीति अवलम्बनमा विलम्ब गर्नुहुँदैन भन्ने उदेश्यका साथ वडाले संचालन गरेको नि:शुल्क कम्प्युटर कक्षा संचालन सराहनिय रहेको बताउनु भयो ।

नगरप्रमुख राजन पौडेलले आफ्नो मन्तव्य राख्नु हुँदै

त्यसतै उहाँले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालय जीतपुरले गरेको प्रगतीको प्रशंसा गर्दै यस विद्यालयको भैतिक तथा शैक्षिक विकासमा सहयोग गर्न आफु सधै तत्पर रहेको र अगामी दिनमा पनि रहने बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले अरु नगरपालिकाको तूलनामा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षाको अवस्था अलि कमजोर भएकोले शिक्षा अवस्थालाई सुधार गर्नमा सबैले सहकार्य गरेर अगाडि बढनु पर्नेमा जोड दिनुभयो ।प्रविधिको प्रयोगबाट सेवामा सहज पहुँच, गुणस्तरमा बढोत्तरी, व्यवसायमा अभिवृद्धि गर्ने उदेश्यका साथ् वडा न ७ को कार्यालय जीतपुरले जेठ २ गते देखि नि:शुल्क कम्प्युटर कक्षा संचालन गरेको वडाध्यक्ष सुनिल कुमार गुप्ताले बताउनुभयो ।

वडाध्यक्ष सुनिल कुमार गुप्ताले मन्तव्य राख्नु हुँदै

कम्प्युटरको प्रयोगबाट सूचना संकलन गर्ने, प्रशोधन गर्ने, प्रयोग गर्ने, सञ्चार गर्ने र सुरक्षित सञ्चय गर्नेजस्ता महत्वपूर्ण कामहरु छिटोछरितो रुपमा सम्पन्न गर्न सहज हुने भएकोले हामीले वडा स्तरीय बजेट बाट कार्यक्रम आफ्नो कार्यकाल सम्म संचालन गर्ने वडाध्यक्ष सुनिल गुप्ताले बताउनुभयो । त्यसतै कार्यक्रममा बोल्दै उपप्रमुख भोला प्रसाद अधिकारीले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा दिनानुदिन विद्यार्थीहरुको संख्या बढदै गएको तर भवनको अभावको रहेको हुनाले जीतपुरसिमरा उपमहानगरले बजेट समेत छुटयाएको र अगामी दिनमा समेत विद्यालयलाई उपमहानगरले सहयोग गर्ने बताउनु भयो ।

नगर उपप्रमुख भोला अधिकारीले आफ्नो मन्तव्य राख्नु हुँदै

जितपुरसिमरा उपमहानगरपालका भित्रका सबै वडाबाट सहभागिता हुने गरी करिब ४ सय विद्यार्थीहरुको सहभागीतामा यो कम्प्युटर कक्षा संचालनमा आएको हो । एक सिफ्टमा ४० जनासम्म पढ्न मिल्ने यस सिकाईलाई बिहान र बेलुका गरी संचालनमा ल्याएको फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको प्रधानध्यापक राजु सिंहले बताउनुभयो ।

नि:शुल्क कम्प्युटर कक्षा संचालनको लागि सूर्य नेपालले १५ वटा कम्प्युटर एउटा उपिएस र एक ठान प्रीन्टर नि:शुल्क कम्प्युटर कक्षा संचालनको लागि सहयोग गरेको छ भने वडा कार्यालयले २० वटा कम्प्युटर सहयोग गरेको छ ।उक्त कार्यक्रममा वडा सदस्य सीता उप्रेती ,ललिता देवि पासवान ,नुरुल होदाको सहभागीता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय