वडाध्यक्ष गुरुङ द्वारा अधुरो गुम्बा निर्माण कार्य अगाडि बढाईयो

पछिल्लाे समाचार

 ०५ जेठ ।बारा ।जीतपुरसिमरा उपमहानगरपालिका -१४ गुम्बा टोलमा अधुरो गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले अधुरो गुम्बा निर्माण गर्न लागिएको हो । अधुरो गुम्बा निर्माणलाई सम्पन्न गर्नको लागि अहिले ९ लाख २२ हजार बजेट बिनियोजन गरिएको छ ।

केही समय देखि गुम्बा निर्माण अधुरो रहेको थियो र त्यसको निर्माणको लागि तत्काल ९ लाख २२ हजार बजेट बिनियोजन गरेर शुक्रवार देखि अधुरो गुम्बा निर्माण सुरु भएको जीतपुरसिमरा १४ कि वडाध्यक्ष चयन गुरुङले बताईन ।शुक्रवार एक कार्यक्रमको बिच अधुरो गुम्बा निर्माण कार्यको शुभारम्भ गरिएको छ ।गुम्बामा धार्मिक पाठशालासमेत रहने छ । साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय