जेजेवाइसीले नाम जस्तै काम गरेको पाइयो–महागढिमाई नगरपालिका

पछिल्लाे समाचार

असाढ ०८ बारा : बाराको महागढिमार्इ नगरपालिकामा जेजेवाइसीले गरेको काम सराहनिय रहेको पालिकाका प्रशासन शाखा प्रमुख गननायक ठाकुरले बताएकाछन् । शुक्रवार गरेको संयुक्त अनुगमन भ्रमण पश्चात उनले यस्तो बताएका हुन् । जलवायुमैत्री कृषि अभ्यास, साना व्यवसाय, विपद व्यवस्थापन, सरसफाइ, संरक्षण जस्ता महत्वपूर्ण पाटोमा सचेत गराउन गरिएका हरेक प्रयासको सकारात्मक परिवर्तन समुदायमा देख्न सकिने अवस्थाले संस्थाको नाम जस्तै जनजागरणको काम गरेको पाएको उनको तर्क छ ।


इस्लामिक रिलिफको सहयोगमा जनजागरण युवा क्लब जेजेवाइसी बाराले संचालन गरेको समुदायको उत्थानशिलता सुदृढिकरण परियोजनाको प्रभाव कृषि क्षेत्रमा राम्रो देखिएको कृषि शाखा प्रमुख भोगेन्द्र साह सोनारले बताए । विशेष गरी गरीब, दलीत, मुस्लीम, पछाडी परिएका महिलाहरूको कृषक समुह बनार्इ जलवायु मैत्री खेतीपाती गर्ने तरिकाहरू सिकाएर व्यवहारमा उतार्ने वातावरण तयार गरेको विषयले कृषक सँगै माटोको समेत स्वास्थ्य बचाएको उनको भनाइ छ ।

साथै उनले पालिकामा दर्ता भैसकेको कृषि समुहले अब एक्ला एक्लै भन्दा पनि पालिकाको अनुदान सुविधा लिएर सामुहिक खेतीमा जुट्नु पर्नेमा जोड दिंदै अन्य विउबिजनका सुचना बारे जानकार हुन तथा सुविधा उपभोग गर्न अनुरोध गरे । कृषक समुहसँग छलफल गर्ने क्रममा अनुगमनमा सहभागिहरूले परियोजना अगाडी र अहिलेको समयलार्इ दाँज्न लगाइ लिएका तलिमहरूका सिकाइलार्इ व्यवहारमा उतार्न तथा परियोजनाले दिएका कृषिजन्य समाग्री, सिंचार्इ उपकरणहरूको संरक्षण सहितका लागि उत्प्ररित गरेका थिए ।


परियोजनाबाट ५० हजार बराबरका व्यवसायगत सामग्री पाएका साना व्यवसायीहरूले ठाउँ ठाउँमा व्यवसाय गरिरहेको देख्दा खुशि लागेको अनुगमन टेलीमा सहभगि जिन्सी शाखा प्रमुख उमेध प्रसाद यादवले बताए । उनले समुदायले सफाइमा ध्यान दिएको, बालबालिकाको पढाइका लागि सचेत बनेको अवस्थाको साराहना गरे ।

पालिका स्तरीय परियोजना सल्लाहकार समितिको प्रतिनिधित्व गर्दै अनुगमनमा सहभागीहरूले परियोजना संचालित १, २ र ८ का साना व्यवसाय, कृषक समुहको कृषि अभ्यास, संरक्षणका साना व्यवसाय, बाख्रा पालन, डेमो प्लट लगायतको अनुगमन गरी जिज्ञासा राख्नुका साथै उत्प्रेरणा प्रदान गरेका थिए । अनुगमनमा जेजेवाइसीका कोषाध्यक्ष सियाराम यादव, परियोजनाका कार्यक्रम संयोजक डा.अजय कुमार, जेटिए, भिजेटिए लगाएतको सहभागिता रहेको सामुदायिक परिचालक सुरेश यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय