०८ असाढ। बारा : बारामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-३ रामवन का १३ बर्षिय बालक निराजन पाख्रीनको घटनास्थलमै मृत्यु भएको छ ।
रामवन खोलामा करेन्ट लगाएर माछा मारिरहेको बेला पाख्रीनलाई करेन्ट लाग्दा उनको शनिवार बेलुका मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।खोलामा ३/४ जनाको समूह मिलेर माछा मारिरहेको थियो ।खोलामा करेन्ट लगाएर माछा मारिरहेको बेला एकासी करेन्ट लागे पछि मृत्यु भएको प्रहरीले जनाएको छ।घटना बारे थप्प अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।