युवामा वित्तीय अनुशासन सिकाउदै ज्योति बिकास बैंक सिमरा शाखा

पछिल्लाे समाचार

०६ चैत, सिमरा – ज्योति विकास बैंक सिमरा शाखाको आयोजनामा दुई दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम डुमरवाना बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा डुमरवाना बहुमुखी क्याम्पस, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन र प्रोग्रेस एकेडेमीका कक्षा १२ तथा स्नातक तहमा अध्ययनरत गरी कुल ६७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीलाई प्रारम्भिक अवस्थामै वित्तीय ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा सिमरा शाखाका प्रमुख भरत आचार्यले विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, बचतको महत्व, आम्दानी–खर्च व्यवस्थापन, बजेट निर्माण, लगानीका आधारभूत सिद्धान्त लगायत विषयमा सहजीकरण गरेका थिए। उनले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर भुक्तानी प्रणाली, एटीएमको सुरक्षित प्रयोग जस्ता आधुनिक वित्तीय सेवाबारे पनि जानकारी दिएका थिए। त्यसैगरी, ऋण सम्बन्धी आधारभूत ज्ञान दिँदै कर्जा लिनुअघि ध्यान दिनुपर्ने कुराहरू, ब्याजदरको बुझाइ, जिम्मेवार वित्तीय व्यवहार र ऋणको सही उपयोगबारे समेत प्रशिक्षण दिइएको थियो। कार्यक्रममा वित्तीय ठगीबाट जोगिने उपाय, व्यक्तिगत आर्थिक सुरक्षा र दीर्घकालीन वित्तीय योजना बनाउने तरिकाबारे पनि विद्यार्थीलाई सचेत गराइएको थियो।


कार्यक्रममा बैंकका कर्जा व्यवस्थापन शाखाका बिकेश साह, राज कपुर चौरसिया तथा कर्मचारी नितेन्द्र दुबे लगायतको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई उपयोगी र ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका थिए। बैंकले यस्ता कार्यक्रममार्फत विद्यार्थी तथा समुदायमा वित्तीय चेतना अभिवृद्धि गर्दै जिम्मेवार नागरिक निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय