जितपुर–सिमरामा ३ दिने प्राविधिक कार्यशाला सुरु, सडक व्यवस्थापनमा नयाँ अभ्यास सिकाइँदै

पछिल्लाे समाचार

०५ चैत ,सिमरा : बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले सडक पूर्वाधार सुदृढीकरण र प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित ३ दिने विशेष कार्यशाला आयोजना गरेको छ। चैत ५ गतेदेखि सुरु भएको कार्यशाला चैत ७ गतेसम्म सञ्चालन हुने छ। कार्यशालामा (सडक डिजाइन), (मर्मत तथा सम्भार) तथा (ठेक्का व्यवस्थापन) जस्ता महत्वपूर्ण विषयमा गहन प्रशिक्षण दिइँदैछ। कार्यक्रममा सडक विभागका उप–महानिर्देशक प्रभात झा र इञ्जिनियर सरोज ढिताल ले सहजीकरण गरिरहेका छन्।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई सडकको दिगोपन कायम राख्ने आधुनिक प्रविधि, ट्राफिक लोडअनुसार संरचना निर्धारण गर्ने तरिका, समयमै मर्मतसम्भार गर्ने विधि, साथै ठेक्का प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने उपायहरूबारे व्यावहारिक ज्ञान दिइँदैछ। साइट सुपरभिजन, गुणस्तर परीक्षण, लागत अनुमान तयार गर्ने प्रक्रिया र कार्य सम्पन्नपछिको मूल्याङ्कन प्रणालीबारे पनि विस्तृत रूपमा सिकाइ भइरहेको छ।।कार्यक्रममा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला को समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले प्राविधिक क्षमता अभिवृद्धि बिना दिगो विकास सम्भव नहुने बताए। उनले सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै विकास निर्माणका काममा पारदर्शिता, जवाफदेहिता र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन समेत दिए। कार्यशालामा सहभागी प्राविधिक कर्मचारीहरूले सिकेका सीपलाई व्यवहारमा लागू गर्दै सडक निर्माण तथा मर्मत कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उपमहानगरपालिकाले यस्ता कार्यक्रमले स्थानीय पूर्वाधार विकासलाई थप गति दिने विश्वास लिएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय