गगन थापाको राजीनामा नेपाली कांग्रेस द्वारा अस्वीकृत

पछिल्लाे समाचार

०६ चैत,काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापा ले दिएको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले राजीनामा अस्वीकृत गर्दै पार्टी नेतृत्वलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो। थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका थिए। तर केन्द्रीय कार्यसमितिले छलफलपछि उक्त राजीनामा पार्टीको हितमा उपयुक्त नभएको भन्दै अस्वीकृत गरेको सह–महामन्त्री बहादुरसिंह लामा ले जानकारी दिएका छन्।


थापा बैठकमा उपस्थित नभएकाले सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको अध्यक्षता उपसभापति शर्माले गरेका थिए। बैठकमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा तथा आगामी रणनीतिका विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ। बैठकमा दुईवटा मुख्य प्रस्ताव प्रस्तुत गरिएको थियो।

पहिलो प्रस्ताव सभापति थापाले दिएको राजीनामासम्बन्धी थियो भने दोस्रो प्रस्ताव प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा सम्बन्धी थियो। दुवै प्रस्तावमाथि छलफलपछि राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको हो।नेपाली कांग्रेस का नेताहरूले आगामी दिनमा पार्टीको संगठनात्मक सुदृढीकरण, चुनावी रणनीति र महाधिवेशनको तयारीलाई प्राथमिकता दिने विषयमा पनि बैठकमा चर्चा गरेका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय