सशस्त्र प्रहरी बल सुरक्षा बेस जीतपुरमा महिला आवास गृह र गोलघरको उद्घाटन 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। ०९ असाढ। बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सशस्त्र प्रहरी नेपाल बल सुरक्षा बेस जीतपुर,बकुलियामा नवनिर्मित गोल घर र महिला आवास गृहको उद्घाटन गरिएको छ ।आईतबार एक कार्यक्रमको बिच सशस्त्र प्रहरी बल हेकवा १२ न गण उतर झिटकैया बाराको गणपति प्रहरी उपरिक्षक सन्तोष बहादुर सिंह र जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले सयुक्त रुपमा उद्घाटन गरेका हुन।

महिला आवास गृहको निरीक्षण गर्दै अतिथिहरु

जीतपुरसिमरा उपमहानगरपालिकाको ५ लाख ६० हजारको आर्थिक सहयोगमा महिला प्रहरी आवास गृह र गोलघरको निर्माण गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर,बकुलियामा ४ जना महिला प्रहरी रहेको र उनिहरुलाई बस्नको लागि गाह्रो भईरहेकोले उपमहानगरको सहयोगमा महिला आवास गृह र गोलघर निर्माण गरिएको सुरक्षा बेस जीतपुर,बकुलियाका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक कुमार बरालले उद्घाटन कार्यक्रममा बताए  । 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर,बकुलियामा  महिला सशस्त्र प्रहरीहरुलाई बस्नमा गाह्रो भईरहेको कुरा उपमहानगरमा राख्ने बितिकै नगरप्रमुख राजन पौडेल ज्युले केही बजेट बिनियोजन गर्दिनु भयो जसले गर्दा आज यस सुरक्षा बेसमा महिला प्रहरी आवास समेत निर्माण भएको सशस्त्र प्रहरी नायब उपरिक्षक बारालले भने´।उद्घाटन कार्यक्रममा बोल्दै १२ न गणका गणपति सन्तोष बहादुर सिंहले जीतपुरसिमरा उपमहानगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर, बकुकिया मा गरेको सहयोग सराहनीय रहेको बताए ।

उपमहानगरले गरेको सहयोगको कारणनै आज यस सुरक्षा बेसमा कार्यरत महिला सशस्त्र प्रहरिलाई बासोबास गर्न सजिलो भएको छ ।जीतपुरसिमरा उपमहानगरले गरेको सहयोगलाई हामिले कहिले पनि बिर्सिने छैनौ´ आउदो दिनमा उपमहानगरको कार्यालयले जीतपुर सुरक्षा बेसलाई ठप्प सहयोग गर्ने आश राखेको प्रहरी उपरिक्ष सिंहले बताए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रहरी उपरिक्षक सिंह

उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले आफू वडाध्यक्षमा निर्वाचित नभएको बेला देखि नै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर,बकुकियालाई सहयोग हर्दै आईरहेको बताए ।चालू आर्थिक बर्षमा वडाको तर्फ बाट १ थान फ्रीज, १ थान वाशिङ मेसिन,१ थान एलईडी मनिटर ,१ थान इन्भटर ब्याट्री ,प्लास्टिकको कुर्सी १० थान गरेर २ लाखको समान यस सुरक्षा बेसमा सहयोग गरेको बताए।

कार्यक्रम पछि लिएको सामूहिक तस्बिर

उक्त नवनिर्मित गोल घर तथा महिला आवास गृहको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा न १२ का वडाध्यक्ष श्याम चौधरी, वडा न १३ का वडाध्यक्ष हेमनारायण चौधरी , वडा न ५ का वडा सदस्य इन्दल पासवान, इश्वर चौधरी,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहाल ,ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रकाश खडका लगाएत सशस्त्र प्रहरीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय