१३ असाढ बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को कार्यालयले सिचाईको लागि २ थान मोटर बितरण गरेको छ ।बुधवार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले सिचाईलो लागि २ थान मोटर बितरण गरेका हुन ।वडा न ५ को कार्यालयको चालु आर्थिक बर्षको बजेट बाट कृषकहरुलाई खेती सिचाईको लागि बिर्ता पायट खोला र सिरैली खोला समितिलाई सिचाई मोटर बितरण गरिएको वडा सचिव अर्जुन पान्डेयले बताए ।

मोटर बितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दिपेन्द्र चौधरीले निर्वाहमुखी कृषि क्षेत्रलाई व्यवसायीक कृषितर्फ उन्मुख गराउने उदेश्यले कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्नको लागि उक्त मोटर बितरण गरिएको बताए ।उक्त मोटर बितरण कार्यक्रममा वडा सदस्य इन्दल पासवान,बिमला देवि शर्मा लगाएत किसानहरुको उपस्थिति रहेको थियो ।