कृषि औजार कारखाना संचालन अभियानमा हाम्रो सहभागिता

पछिल्लाे समाचार

१८ साउन २०८१ शुक्रबार । चितवन। नेपाल थोपा सिचाइ प्रालिले ३० बर्षदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना संचालन गराउने अभियानमा सहभागिता जनाएको छ ।शुक्रबार चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा अवस्थित नेपाल थोपा सिचाइ प्रालिले आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा सो कम्पनी आबद्ध कर्मचारीहरुले ५० वटा किताब खरिद गरेको सो कम्पनीको मल्चिङ्ग अपरेटर मिथलेश झाले जानकारी गराउनु भयो ।

सो किताब खरिदबाट कृषि औजार कारखाना संचालन गराउने अभियानमा केही हदसम्म सहयोग पुगेको कम्पनीको मल्चिङ्ग अपरेटर झाले बताउनुभयो । झाले देशको गहनाको रुपमा रहेको डा.पुनलाई सो कम्पनीले भव्य स्वागत गरेको समेत बताउनुभयो ।गत माघमा कारखानाले पहिलो चरणमा कृषकहरूका लागि आवश्यक साना औजारहरू बेल्चा, बन्चरो, कुटो, कोदालो, खुकुरी लगायतका उपकरणको उत्पादन सुरु गरेको थियो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय