०७ भदौ। काठमाडौं । हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको भनाइ छ । राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।