बारामा बस दुर्घटना हुँदा १ को मृत्यु ,४३ जना घाईते

पछिल्लाे समाचार

३१ भदौ। बारा : बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्। गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित भई पुलदेखि खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।घाइते मध्ये ३४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था गम्भीर छ। बसको अगाडिको पट्टा भाचिँदा दुर्घटना भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय