०६ असोज सिमरा। बारामा जंगली हाती आईतबार बिहान मृत अवस्थामा भेटेको छ। जिल्लाको कोल्हवी नगरपालिका वडा न.२ को भलुवाईखोर स्थित कृष्ण मन्दिर पछाडि जंगली हात्ती आईतवार बिहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।करिब १७ बर्षे जवान हात्ति २८ फिट ३३ इन्छ लम्बाई र अनुमानित २ हजार किलोको हुन सक्ने सब- डिभिजन बन कार्यालय ,कोल्हविका रेन्जर अब्दुल करिम मियाले जानकारी गराएका छ्न।
घटनाको जानकारी स्थानियले बिहान ७ बजे हात्ती मरेको खबर सब- डिभिजन बन कार्यालय कोल्हवी लाई जानकारी गरे लगत्तै घटना स्थलमा ई.प्र.का कोल्हवी,शसस्त्र प्रहरी बेस कोल्हवी,नेपाल आर्मिको बन्यजन्तु संरक्षक टोलि,डिभिजन बन कार्यालयका बाराका प्रमुख राजिब कुमार झा सहितको टोलि पुगेको थियो।
घटनाको प्रारम्भिक अनुसन्धान बाट हात्ती करेन्ट लागेर मरेको हुन सक्ने डिभिजन बन कार्यालय बाराका प्रमुख झाको भनाई छ।यद्दपी हात्तिको पोस्ट मार्टम आएपछी मात्र के कारणले मरेको भन्न सकिने बताईएको छ। घटना स्थल नजिक रमेस जिसिको खेतमा हात्ती पस्न लाग्दा उक्त घटना हुन पुगेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ।हात्ती मरेको स्थानमा नजिकै घर बाट जि आई तारमा करेन्ट प्रवाह गरि छोडिएको देख्न सकिन्थ्यो।