०८ असोज।बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको निजगढ रतनपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएको छ। निजगढ रतनपुर सडकखण्डको मोडमा प्रदेश २ ००६ प २७८० नम्बरको एनएस पल्सर २०० रातो सेतो रङ्गको मोटरसाईकल रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
दुर्घटनामा परि निजगढ-१३,भक्तलाल निबासी वर्ष २६ का मोटरसाईकल चालक सुरेन्द्र घलानको घटना स्थलमै मृत्युु भएको छ भने सोही मोटरसाईकलमा पछाडि सवार सवारी धनी वर्ष ३५ का राम बहादुर बोम्जन (बोम्जन झाक्री)गम्भीर घाईते भएका छन।घटना बारे ठप्प अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।