सप्तकोशी नदीमा यात्रुबाहक बस खस्यो,१२ जनाको सकुशल उद्धार

पछिल्लाे समाचार

१० असोज। विराटनगर– सप्तकोशी नदीमा यात्रुबाहक बस  खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो।  प्रत्यक्षदर्शी उमेश मेहताले  विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस केही बेर अघि नदीमा खसेको बताए ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि नदीमा बस खसेको जानकारी आएको बताएका छन्। उनले यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ ।

‘बस खस्यो भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदै छौं । थप केही खुलेको छैन,’ तिवारीले भने । बसमा सवार यात्रु मध्ये १२ जनालाई कुशल उद्धार गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन। विराटनगर बाट गाईघाट जाँदै गरेको बस सप्तकोशीको हनुमाननगर तर्फको कोशी नदीमा खसेको थियो। 

a

spot_imgspot_img
spot_img

लोकप्रिय