सिमरा महिला साकोसको १७ औं बार्षिक साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

१२ असोज।सिमरा। बाराको सिमरामा रहेको सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष मुना खरेलको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

शनिवार सिमरा स्थित थानिमाई वन उपभोक्ता समितिको सभाहलमा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले धूमधामको साथ आफ्नो १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेक हो ।सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभामा बोल्दै नगरप्रमुख पौडेलले  भन्नुभयो ,‘१६ बर्ष पहिला केही महिलाहरुले  शुरुवात गरेको समुह बिशाल सहकारीमा रुपान्तरण भएको छ ।

छोटो समयमा ठुलो परिबर्तन गर्न सफल यस सहकारीले यो क्षेत्रको शाख राख्न सफल भएको छ । यो क्षेत्रको मात्र होईन देशकै शाख राख्ने गरि काम गर्नुस मेरो शुभकामना छ ‘उहाँले भन्नुभयो ।नेपाली अर्थतन्त्रमा सहकारीको महत्वपुर्ण योगदान रहेको बताउदै नगरप्रमुख पौडेलले सहकारीले निक्ष्ोप संकंलन गर्ने ,ऋण प्रबाह गरेर सदस्य जिबनस्तर माथि उठाउनुका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनिय काम गरेको भन्दै प्रशंशा गर्नुभयो ।

संस्थाकि अध्यक्ष मुना खरेलले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।अध्यक्ष खरेलले सहकारीमा १९४२ सदस्य रहेको जानकारी गराउनुभयो ।अध्यक्ष खरेलका अनुसार संस्थाले यश बर्ष ४८ लाख ५७ हजार १ सय ८४ रुपैयाँ नाफा गरेको छ।संस्थाले हरेक बर्ष गर्दै आईरहेको कार्यक्रमको बारेमा समेत अध्यक्ष खरेलले बार्षिक साधारण सभामा जनकारी गराउनु  भएको थियो ।लेखा तथा सुपरीवेक्षण समितिको तर्फ बाट संयोजक उर्मिला कुमारि सापकोटाले आन्तरिक लेखा परिक्षण प्रस्तुत गर्नु भएको थियो ।

संस्थाले आफ्नो १७ औं बार्षिक साधारण सभामा उत्कृष्ट बाल बचतकर्ता सम्मान बाट जिज्ञासा भण्डारी र साक्षात सिंहलाई सम्मान गरिएको छ भने उत्कृष्ट बचतकर्ता तर्फ कल्पना कुमारी पराजुली र राधा देवि सापकोटालाई सम्मान गरिएको छ ।त्यस्तै सिमरा महिला बचतको यश बर्षको पत्रकारिता पुरस्कार बिदुर खडकालाई प्रदान गरिएको छ भने संस्थाले विभिन्न बिदामा सम्मान गरेको छ ।संस्थाकि सचिव गिता शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभामा जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठ ,घन्टीमाई बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष कोपिला सिमखडा लगाएत संस्थाको पूर्व अध्यक्ष लगाएत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय