स्वास्थ्यकर्मी कर्णको मृत्यु प्रती उपमहानगर द्वारा श्रद्धाञ्जली व्यक्त

पछिल्लाे समाचार

असोज ३० सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा अन्तर्गत अधारभूत स्वास्थ्य सेवा केन्द्र औराहामा कार्यरत सि.अ.हे.व प्रविन कुमारको कर्णको असमायिक निधन प्रती जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले दुख ब्यक्त गरेको छ ।

असोज २५ गते आफ्नो पुर्खौली घर कबिलासी नगरपालिका हेमपुर सर्लाही दशै मनाउन गएको बेला राती ८ बजे मोटरसाईकलले ठक्कर दिदा स्वास्थ्यकर्मी प्रविन कर्णको उपचारको क्रममा नेशनल मेडिकल कलेज बिरगंजमा मृत्यु भएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको बारा जिल्ला अध्यक्ष एवं हरपुर स्वास्थ्य चौकीको इन्चार्ज जितन ठाकुरले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले उपमहानगरले एक असल र इमान्दार स्वास्थ्यकर्मी गुमाएकोमा सिङो उपमहानगरको लागि अपूर्निय क्षती भएको बताउनु भयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा अन्तर्गत कार्यरत कर्मचारीहरुले मृतक स्वास्थ्यकर्मी कर्णको दुखद निधन प्रती शोक ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यकत गरेको छ ।मृतक स्वास्थ्यकर्मी कर्णको १ छोरा र १ छोरि रहेको छ ।मृतक कर्णको श्रीमती समेत स्वास्थ्यकर्मी रहेको छ । उपमहानगरले कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेर मृतक स्वास्थ्यकर्मी कर्णको चिर आत्माको शान्तिको कामना गर्दै जीतपुरमा सिमरा उपमहानगरको नगर प्रमुख र उपप्रमुख लगाएत स्वास्थ्यकर्मीहरुले श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय