पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

पछिल्लाे समाचार

कार्तिक २८ गते ।एजेन्सी– उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विवाह समारोहबाट फर्कँदै गरेको २५ जना यात्रु बोकेको बस मंगलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार जनाएको छ।

उद्धारका लागि घटनास्थलमा खटिएका वजीर असद अलीले भने, ‘बसमा २५ जना सवार थिए र अहिलेसम्मै १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।’ गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय