प्रधानध्यापक बुनिलाल यादवले मानेन नगरपालिकाको निर्णय ,सितलपुर माबिको पठनपाठन ठप्प 

पछिल्लाे समाचार

०२ पौष। रौतहट ।रौतहट जिल्लाकै सबैभन्दा बिवादित नगरपालिकाको रुपमा चिनिने भनेको जिल्लाको उतरी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिका हो ।फतुवा बिजयपुर नगरपालिका स्थापना भएको ८ बर्ष बितिसक्दा पनि उक्त नगरपालिका अहिले सम्म बिवादमै रहेको छ ।कहिले हाकिमलाई लिएर बिवाद त कहिले नगरप्रमुखलाई लिएर बिवादमा रहेका नगरपालिकामा एउटा अझै बिवाद थपिएको छ ।फतुवा बिजयपुर नगरपालिकाले प्रअ बुनिलाल यादवको काज फिर्ता बिवादले उग्र रुप लिएको छ ।

फतुवा बिजयपुर नगरपालिकाको वडा न २ मा  रहेको माध्यमिक विद्यालय सितलपुरको प्रधानध्यापक बुनिलाल यादवको नगरपालिकाले काज फिर्ता गरे पनि उनी काज फिर्ता भएको विद्यालयमा  जान चाहेको छैन । फतुवा बिजयपुर नगरपालिकाको शिक्षा शाखा संयोजक बने देखि बिवादमा आएको प्रधानध्यापक भित्र पर्ने शिक्षक हुन बुनिलाल यादव ।शिक्षा शाखा संयोजक रहेको बेला लाखौं रुपैयाँ भ्रष्टाचारको आरोप लागेको प्रधानध्यापक यादव राजनितीक दलका उच्च पदाधिकारीको रोहवरमा अहिले सम्म प्रधानध्यापकको जिम्मेवारी सम्हालदै आईरहेको थियो ।

फतुवा बिजयपुर नगरपालिकाले बुनिलाल यादवको हिमाली जनता माध्यमिक विद्यालय हिमालिबासमा काज फिर्ता गरे पनि अहिले सम्म उक्त विद्यालयमा हाजिर हुन सकेको छैन । कक्षा ११ को परिक्षामा ४ दिन देखि शिक्षकहरुको उपस्तिथि बिनानै परीक्षा संचालन भईरहेको समेत पाईएको छ ।फतुवा बिजयपुर नगरपालिका वडा न २ का वडाध्यक्ष सन्जय यादवके प्रधानध्यापक बुनिलाल यादवले विद्यार्थीहरुको भबिस्य संग खेलवाड गरिरहेको आरोप लगाएको छ ।

नगरपालिकाले काज फिर्ता गरे पनि प्रधानध्यापक बुनिलाल यादव किन दरबन्दी भएको विद्यालयमा हाजिर हुन सकेन भनेर उनले नगरपालिका संग प्रश्न समेत गरेको छ।बुनिलाल यादव माबि सितलपुरमा आए देखि कहिले दिवा खाजाको पैसा हिनामिना गर्ने त कहिले विद्यार्थीको पोशाकको रकम हिनामिनामा मुछिदै आएको छ ।पटक पटक विभिन्न बिवादमा मुछिएका प्रधानध्यापक बुनिलाल यादवलाई नगरपालिकाले कार्वाही गर्नुको सट्टा संरक्षण गरेर राखेको छ ।यता फतुवा बिजयपुर नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत प्रमोद गुप्ताले प्रधानध्यापक बुनिलाल यादवको काज फिर्ता गरिएको तर अझै सम्म रावाना पत्र नलिएकोले दरबन्दी रहेको विद्यालयमा हाजिर हुन नसकेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय