०९ पौष।बारा : कारभित्र मृत अवस्थामा भेटिएका प्रहरी कर्मचारी राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको पुष्टि भएको छ । गत शनिबार कारभित्रा मृत अवस्थामा फेला परेका रुम्बाको टाउकोमा एक राउन्ड गोली हानिएको शवको पोष्टमार्टम रिर्पोटपछि पुष्टी भएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खडकाले बताएका छन् ।
गत शनिवार जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ११ अमाडार बाट रमौली जाने बाटोमा रुम्बा गाडी भित्र मृत अवस्थामा भेटेको थियो ।मृत अवस्थामा भेटिएको राजकुमार रुम्बाको टाउकोमा गम्भीर चोट लागेको थियो । राजकुमार रुम्बाको हत्याको ४ दिन बितिसक्दा पनि बारा प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन।राजकुमार रुम्बा राष्ट्रिय अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको गाडी भित्र मृत अवस्थामा भेटिएको थियो ।
यता बारा प्रहरीले अनुसन्धान अधिकृत तिवारीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको बताए पनि हत्यारालाई अझै पक्राउ गर्न सकेको छैन। घटनाको बिषयमा थप अनुसन्धान कार्य भैइरहेको र हत्यामा संलग्नहरुको खोजी कार्य तीब्र रुपमा भैइरहेको एसपी महेन्द्र खड्काले बताए । बाराको जितपुर सिमरा उप-महानगरपालिका- ११ स्थित सडक छेउमा रुम्बाको बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र मृत अवस्थामा गत शनिबार बिहान शव भेटिएको थियो।
मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए। रुम्बाले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक श्रीकान्त तिवारीको कार किन लगे भन्ने विषय अझै खुलेको छैन । मृतक रुम्बाका पारिवारिक श्रोतका अनुसार हत्या हुनु अघिल्लो दिन गत शुक्रबार रुम्बा ड्युटी सकेर घर पुगिसकेका थिए । खाना खाएर घरमा सुतिरहेका रुम्बालाई बारम्बार फोन आएपछि उनले श्रीमतीलाई इन्सपेक्टर साबले बोलाएको जानकारी गराएर हिंडेका थिए ।